विद्यालयमा हप्तामा दुई दिन बिदा नदिन आग्रह

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ।

विगत दुई वर्ष अगाडिदेखि कोभिड–१९ का कारण विद्यालय नियमित नखुल्दा पठनपाठनले गति लिन नसकेको र विद्यार्थीमा पढ्ने लेख्ने अभ्यास हराउँदै जान थालेकाले नियमित पढाइ सञ्चालन गर्न महासङ्घले माग गरेको हो।

महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मुक्तानले आज विज्ञप्ति जारी गरी बालबालिकाको सिकाइ निरन्तरतामा नोक्सानी भइरहेका अवस्थामा झनै हप्तामा दुई दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय सिकाइ निरन्तरता र गुणस्तरीय शिक्षा प्रतिकूल हुने भएकाले निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ।

सरकारले इन्धन बचतका लागि यही जेठ १ गतेदेखि शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयन गरेपछि विद्यालयमा पनि आइतबार बिदा हुन थालेको हो। निजी विद्यालयले भने आफूखुसी गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button