बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं- शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

बुधबार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा उनले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको पनि महत्वपूर्ण भूमिका रहेको र उनीहरूका मागप्रति नजरअन्दाज पनि नगरिने बताइन्।

मन्त्री झाँक्रीले भनिन्, “बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर अघि बढौँ। बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटले काठमाडौँको फोहर व्यवस्थापनमा नयाँ मोड ल्याउनेछ। स्थानीयका जायज मागप्रति सरकारले नजरअन्दाज गर्दैन।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button