‘विकास निमार्णले समृद्ध पार्दै पिस्करबासीको जीवनस्तर उकास्छौं’–वडा अध्यक्ष गुभाजु

त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करलाई लामो समय कम्युनिष्ट आन्दोलनको उर्भरभूमि र गढक्षेत्र मानिन्थ्यो । पिस्करका थामी समुदायलाई प्रयोग गरेर कम्युनिष्ट नेताहरु केन्द्रीय तहसम्म पुग्न सफल भए भने संघीय सरकारमा प्रतिनिधित्व समेत गर्न भ्याए । तर सो ठाउँका थामी समुदायको जनजीवनमा कुनै पनि उल्लेखनीय कार्य गर्न उनीहरुले ध्यान दिएनन् । थामी समुदाय कम्युनिष्ट नेतालाई शक्ति र सत्तामा पु-याउन भर्याङ मात्रै बन्नु परिरह्यो ।
आफूहरु कम्युनिष्ट राजनीतिमा दुरुपयोग मात्रै भएको चेतनाबृद्धि भएपछि अहिले पिस्करका थामी, नेवार, दलित लगायतका समुदायले कम्युनिष्टलाई पत्तासाप गरेर प्रजातान्त्रिक पार्टीलाई बिजयी गराएका छन् । उनीहरुले आफ्नो समुदाय र गाउँको बिकास निमार्ण र समृद्धिका लागि नेपाली कांग्रेस र कांग्रेस युवा नेता टेकबहादुर गुभाजु(बिजय) लाई वडा अध्यक्षमा चुनेका छन् ।
सामाजिक क्षेत्रमा लामो समय काम गदै आएका र बिभिन्न बिपत्तिमा राहत, उद्धार र साथ दिदैँ आएका बिजयलाई वडा अध्यक्षमा निर्वाचित गरेर पिस्करबासीले आफ्नो अभिभावक आफैले मतदान मार्फत चयन गरेका छन् । राज्यका सबैखाले बिकासे मूलप्रवाहबाट बञ्चित हुदैं आएका पिस्करबासीले वडा अध्यक्ष गुभाजुबाट समग्र क्षेत्रको बिकास हुने आशा राखेका छन् । यसै बिषयमा आधारित रहेर वडा अध्यक्ष टेकबहादुर सँग गरिएको सवांदः

१) तपाईले आफू र कांग्रेसको जितलाई कसरी लिनु भएको छ ?
२०४० सालबाट कम्युनिष्टहरुले एकछत्र राज गर्दै आएको पिस्करमा नेपाली कांग्रेस र म लगायत सबै सदस्यको विजयले हर्ष तुल्याएको छ । यो जित सबै पिस्करबासीको जित हो । अझ कम्युनिष्टहरुको दबदबा बिरुद्धको जित हो । यो जितलाई मैले गहन जिम्मेवारी थपिएको महशुस गरेको छु । यो जित पिस्करबासी थामी, नेवार, दलित सबै जातजाती र समुदायले म र मेरो टिमलाई गरेको बिश्वास हो । परिर्वतनका लागि सबै साथीभाई, नेतागणहरुको अथक मेहनत र प्रयासबाट संभव भएको जित हो यो । पिस्करबासीले जुन बिश्वास र भरोसा गरेर मेरो टिमलाई बिजय गराउनु भएको छ । त्यसलाई संधै शिरोधार्य गरेर बिकास निमार्णले समृद्ध पार्दे पिस्करबासीको जीवनस्तर उकास्ने काम गर्नेछौं ।

२) राजनीति गर्ने प्रेरणा कसरी मिल्यो ?
वास्तवमा म आफै राजनीतिक घरनाको ब्यक्ति हुँ । मेरो बुबा पहलमान गुभाजु तत्काली पिस्करको एकपटक प्रधानपञ्च र एकपटक उपप्रधानपञ्च भई गाउँ विकास गरिसक्नु भएको ब्यक्तिको छोरा भएको कारणले मलाई सानै उमेरदेखि बुबाको प्रेरणाले गाउँ र गाउँलेको जीवनस्तर उकास्न राजनीतिमात्रै एउटा दरिलो माध्यम रहेछ भन्ने प्रेरणा मिलेको हो । बुबाले गाउँमा जनता मावि खोल्नु भयो । खानेपानी, सिचाँइका काम गर्दे राज्यबाट पिस्करबासीलाई जग्गा दिलाउने काम गर्नु भयो । यसबाट म प्रभावित भए । साथै अग्रज नेतागण, ब्यक्तित्वका प्रेरणादायी कार्यका कारणले पनि म राजनीतिमा होमिएको हुँ । मैले सानै उमेरदेखि सामाजिक काम पनि गर्दै आएको थिए । सानै उमेरमा पिस्करको सबैखाले परिर्वतनका लागि बिभिन्न सामाजिक संघसंस्था स्थापना गर्ने, दीनदुखी, बिरामी रोगीलाई सहयोग गदै आए । २०७२ सालको बिनाशकारी भूकम्पमा पनि पीडितहरुलाई उद्धार, राहत लगायतका काम गरे । त्यसकारण पिस्करबासी नागरिकको रोजाईमा म परें । उहाँहरु सबैले वडा अध्यक्षमा उठ्नु पर्छ र पिस्करको मुहार फेर्नु पर्छ भन्ने धेरै पटक सल्लाह सुझाव दिनु भयो । यसले मलाई पनि प्रेरणा दियो । साथीभाई अग्रज नेतागण सबैको मायाममता र साथ रहन् पुग्यो । यसकारण मलाई राजनीतिमा लागेर आफ्नो गाउँको बिकास, परिर्वतन र समृद्धिमा अग्रसर हुने दृढ इच्छाले राजनीतिमा होमिए र अहिले वडा अध्यक्षमा भारी मतले निर्वाचित भए ।

३) कम्युनिष्टको किल्ला पिस्कर कसरी ढाल्न सक्नु भयो ?
पिस्करमा कम्युनिष्टहरुको दबदबा रहदैं आएको थियो । उनीहरुले पिस्करका थामी र अन्य जातीको आडमा राजनीति गर्दे आएका थिए । तर थामी र पिस्कारबासीको हित, अधिकार केहीमा पनि कम्युनिष्टहरुले काम गरेनन् । यो कुरा पिस्करका थामी र अरु जातजातीले राम्ररी बिचार गदै आएका थिए । थामीहरुको जीवनस्तर उकास्ने भन्ने अनि काम केही नगर्ने भएका कारण थामी समुदायले कम्युनिष्टलाई परास्त गर्ने मनसाय बनाईरहेका थिए । त्यसैबेला म नेपाली काँगे्रसबाट वडा अध्यक्षको टिकट पाएर पिस्करका सबै जातजातीका घरदैलो पुगें । उहाँहरुको समस्या, गुनासो सुने । उक्त समस्या समाधान गर्ने मैले अठोट लिए । पिस्करबासीलाई मैले उनीहरुका समस्या हल गर्ने बिश्वास दिलाए र उहाँहरुले पनि बिश्वास गर्नु भयो । म र मेरो टिमलाई जिताउनु भयो । अब म उहाँको समस्या हल गर्न अहोरात्र खटिने छु । पिस्कर र पिस्कारबासीलाई समृद्ध बनाउने छ ।

४) अब पिस्करका थामी समुदायका हितमा के-के काम गर्नुहुन्छ ?
सर्वप्रथम त थामी समुदायका हितका लागि उनीहरुको शैक्षिक, सामाजिक, स्वास्थ्य, आर्थिक, बिकास निमार्णमा काम गर्नेछु । कम्युनिष्टहरुले शिक्षाबाट थामी समुदायलाई तत्कालीन समयमा दबाएर राखेका थिए । अब म सबैभन्दा पहिले थामी समुदायका सबै बालबालिकालाई बिद्यालय अध्यय्नको बातावरण बनाउने छु । सम्रग पिस्करका बालबालिकालाई बिद्यालय पहुँचमा पु¥याउने काम गर्छु । थामी समुदायलाई समाजमा बोल्न सक्ने बनाउने छु । उनीहरुको गरीबी हटाउने काम गर्नेछु । थामी समुदायलाई पढ्ने, लेख्ने बनाउने छु । थामी समुदायको सीप कौशललाई आधुनिकीकरण गर्ने काम गर्छु । थामी समुदायलाई सीप दिलाउने छु । उनीहरु चयाबाट हस्तकला अन्र्तगतका डोको, थुन्चे, डालो, फर्निचरका काम गर्छन् । त्यसलाई थप सीप दिलाई उनीहरुले बनाएका सामाग्रीहरुलाई वडा कार्यालयले लिने र बजार ब्यबस्थापन गर्ने जिम्मा लिने छ । थामी समुदायका युवायुवतीहरु जसको जे-जस्तो क्षेत्रमा क्षमता, दक्षता छ, त्यही क्षेत्रमा स्वरोजगार दिलाउने छु । थामी समुदायलाई पशुपालन, कृषि, तरकारी र नगदेबालीमा अग्रसर गराउन अनुदान ब्यबस्था गर्नेछु । आत्मनिर्भर र स्वाभिमान बनाउन उनीहरुले इच्छाएको पेशा, ब्यबसायमा साथ दिने छु । उनीहरुले निङग्रो, च्याउ, तरकारी खेती गर्छन्, त्यसलाई सहज बिक्रीबितरणको प्रबन्ध गर्नेछु । थामी, दलित समुदायले पाउने लक्षित बर्ग अन्र्तगतका बजेटमा थप गरेर काम गर्नेछु । साथै थामी समुदायलाई समाज, राजनीति, शिक्षा, स्वास्थ्य, स्वरोजगार लगायतमा उच्च प्राथमिकता दिनेछु । उनीहरुको कला, संस्कृति, धर्म लगायतका पक्षको जगेर्ना संरक्षण, जगेर्ना गर्ने छु ।

५) कृषि क्षेत्र प्रबद्र्धनका लागि के-के गर्नुहुन्छ ?
सम्रग पिस्करका किसानहरुलाई उचित ध्यान दिएर समयमा नै मल,बीउ,बीजनका लागि लाग्ने छु । कृषि, पशुपालनमा आधुनिकरण गर्दे अनुदान ब्यबस्था गर्ने छु । सिचाँइका लागि गाउँपालिका, प्रदेश र संघीय सरकारसंग पहल गर्नेछु । कृषिमा आधारित उत्पादन बढाई आत्मनिर्भर बनाउने छु ।

६) सडक र बिद्युतीकरणमा के गर्नुहुन्छ ?
वडालाई सडक सञ्जालले जोड्ने छु । कुरथली च्याङथा पूरानो पिस्कर सडक, जलजले डाँडाकटेरी बैतीपोखरे सडकलाई स्त्तरोन्नति गर्दे सबै सडकलाई १२ महिना नै संचालनमा आउन सक्ने बनाउने छु । बाह्रबिसे, धुस्कुन पिस्कर जलजले खरीढुंगा सडकलार्य स्त्तरोन्नति र कालोपत्रे गर्न पहलकदमी दिने छु ।
सडक नपुगेको बस्तीमा सिंढीबाटो निमार्ण गर्नेछु । बाटो प्रत्येक घरमा पु-याउने छु । त्यसै अन्र्तगत कुरथली पूरानो पिस्करमा सिंढीबाटो निमार्ण कार्य शुरु भएको छ । पिस्करका प्रत्येक घरमा बिजुली पुग्ने छ । केही घर र लहरेटोलका बस्तीमा नपुगेको बिजुली अब निकट भविश्यमा पु-याइने छ । बिजुलीका नाङगो तारलाई केवलतारमा परिणत गरी बिद्युतबाट हुने जोखिम न्यूनिकरण गर्ने छु ।

७) शिक्षा र स्वास्थ्यमा के-के गर्नु हुन्छ ?
शिक्षा र स्वास्थ्य क्षेत्रमा ब्यापक सुधार ल्याउनु पर्ने देखिएको छ । वडामा रहेका सबै बिद्यालयको शैक्षिक गुणास्तर र प्रभावकारिता बढाउने उपाय खोज्ने छु । सबै बिद्यालयलाई आधुनिककरण गर्न कम्युटर, ल्याब, पुस्ताकलय, शिक्षक थपघटका कार्य गर्ने छु । सबै परीक्षा शुल्क मिनाह गरेका छौं । गरीब, बिपन्न, थामी जातीका बिद्यार्थीलाई छात्रवृति दिएर बिद्यालय शिक्षा टिकाई रहने उपाय अघि बढाउछौं । वडामा रहेको स्वास्थ्य चौकीलाई स्तरबृद्धि गर्दे उपचार सेवा, औषधीलाई समानुकुल बनाउने छौं । निशुल्क पाइने औषधी सहजै पाइने बातावरण बनाउने छु । औषधी अभाव हुन नदिने, दक्ष स्वास्थ्यकर्मी राख्ने छौं । सुत्केरी, दीर्घरोगी, जटिल रोगका बिरामीलाई मापदण्ड बनाएर सहयोग उपलब्ध गारउने छौं ।

८) राज्यबाट पाइने तलब भत्ता सामाजिक काममा खर्चिने बताउनु भएको छ नी ?
म वडा अध्यक्ष निर्वाचित हुदाँकै दिन वडा अध्यक्षले पाउने तलब भत्ता सामाजिक काममा खर्चिने घोषणा गरिसकेको छु । पहिलो बर्षको तलब भत्ता जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्तामा थपेर दिने छु । दोश्रो बर्षमा थामी जातिका बालबालिकाको शिक्षामा छात्रवृति रुवरुप तलब भत्ता खर्चिने छु । तेस्रो बर्ष अपांगहरुको हितमा लगाउने छु । चौथो बर्ष शिक्षा र स्वास्थ्यमा तलब भत्ता खर्चिन्छु र पाचौं बर्ष वडामा जेजस्ता समस्या आउँछन, त्यस्ता क्षेत्रमा आफूले पाउने तलब भत्ता खर्चिने छु ।

९) अन्त्यमा
पिस्कर चटयाङले अति संवेदनशील स्थान हो । बर्षेनी पिस्करमा मात्रै चटयाङबाट २, ३ जनाको मृत्यु हुने गर्छ । त्यसको समाधानका लागि अर्थिङ हाल्ने कार्य गर्नेछु । पिस्करका नागरिक शान्ति, सुरक्षा र अमनचयनले जीवनयापनका लागि प्रहरी प्रशासनसँग समन्वयात्मक कार्य गर्नेछु । साझा भावना, साझा समस्यामा पिस्करबासी सबै नागरिकको अभिभावक भएर काम गर्नेछु । कोही कसैलाई राजनीतिको आधारमा पक्षपात नगरी काम गर्नेछु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button