आज देशभर थपिए १२०१ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १२०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ।
संक्रमितमध्ये ३७ हजार ५२४ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता जागेश्वर गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर ८५२ जना घर फर्किएका छन्।