कार्कीलाई अपहरण र शरीर बन्धक गर्ने आरोपीमाथि पक्राउ पूर्जी जारी

रातोपाटीन्युज, सिन्धपाल्चोक । सुनकोशी गाउँपालिका–६ थुम्पाखरका स्थानीय काँग्रेस नेता तथा यातायात ब्यवसायी धन बहादुर कार्की (बलराम) लाई अपहरण र शरीर बन्धक गरेको आरोपमा सुनकोशी गाउँपालिकाका नेकपा एमाले र एमाओबादी केन्द्रका चार जना कार्यकर्ता बिरुद्ध प्रहरी कार्यालयले मुद्धा दर्ता गरी पक्राउ पूर्जी जारी भएको छ ।

स्थानीय तह निर्वाचनमा पार्टी परिर्वतनका बिषयलाई लिएर भएको अपहरण र शरीर बन्धक मुद्धा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा जाहेरी दर्ता भएको हो ।

सुनकोशी गापा–६ का धन बहादुर कार्की (बलराम)ले इलाका प्रहरी कार्यालयमा तत्कालीन समयमा किटानी जाहेरी दिएको पत्र ।

सुनकोशी गाउँपालिका–५ का रमेश लामा(चाइनिज), अमर लामा सोही गापा–६ का दिनेश थापा, उमेश खड्का बिरुद्ध प्रहरी कार्यालयमा उपहरण र शरीर बन्धक आरोपमा किटानी जाहेरी दिएको पीडित कार्कीले बताएका छन् । तर प्रहरीले भने कस–कसको नाममा पक्राउ पुर्जी जारी गरेको छ, त्यसबारे सार्वजनिक गरेको छैन् ।

आरोपित चारै जना अहिले फरार रहेका छन् । उनीहरुको मोबाइल अफ रहेको छ । आरोपितहरुलाई खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको मुचुल्का उठाउन प्रहरी लागेको छ ।

यातायात ब्यवसायी कार्की बैशाख २६ गते बिहान सुनकोशी गापा–६ थुम्पाखरबाट काभ्रेपलाञ्चोकस्थित पाँचखालमा गाडी बनाउन गईरहेका थिए । सो समयमा कार्की र उनका भतिज साजन कार्की सुकुटे बजारमा ओर्लिएर चिया नास्ता खाईरहेका थिए । सोही समयमा कार्कीलाई सुनकोशी गाउँपालिका–५ का रमेश लामा(चाइनीज), अम्मर लामा, उक्त गापा–६ का दिनेश थापा, उमेश खड्का लगायतका १०/१५ जनाको समूहले सुकुटे बजारबाट जबरजस्ती गाडीमा हालेर अपहरण गरी कुटपिछ गर्दै घाँटीमा खुकुरी राखेर आँखामा पट्टी बाँधेर करिब १ घण्टा कच्ची सडकतिर लगेको र पछि सुनकोशी गापा–७ स्थित सदाबहार एकेडेमी स्कूलमा पुर्‍याएको कार्कीले बताएका छन् । साथै कार्कीको साथमा रहेका ९७ हजार रुपैयाँ लुटेको बताएका छन् । उक्त बिद्यालयमा पुर्‍याएपछि पनि बिभिन्न धम्की, त्रास दिएको कार्कीले बताए ।

अपहरणमा पर्न साथ कार्कीका भतिज साजनले प्रहरीलाई खबर गरेका थिए । अपहरणमा परेका कार्कीको लामोसाँघु प्रहरीले तीव्र खोजी गरेको थियो । खोजी गर्ने क्रममा जनपथ प्रहरी र सशस्त्र प्रहरी सदाबहार एकेडेमी पुगेको थियो ।

प्रहरीले उक्त बिद्यालयबाट कार्कीलाई उद्धार गरी अपहरण मुक्त गरेको थियो । उपहरणमूक्त पश्चात् कार्कीले उक्त दिन इलाका प्रहरी कार्यालय बाह्रबिसेमा आफू उपहरण र शरीर बन्धक भएको भन्दै किटानी जाहेरीका साथ मुद्धा दर्ताका लागि पुगेका थिए । तर उनको मुद्धा दर्ता हुन सकेको थिएन् ।

जेठको पहिलो साता उक्त किटानी जाहेरी दर्ता भई आरोपितहरुलाई पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button