सिन्धुपाल्चोक पहिरो अपडेट : बिहानीपख पहिरो, ४ जनाको शव फेला

काठमाडौं । सिन्धुपाल्चोक, बाह्रबिसेको पहिरोमा हराएकामध्ये ४ जनाको शव फेला परेको छ ।
स्थानीय शिक्षक बजीरसिंह भण्डारीका अनुसार बिहानीपख ३ बजेको आसपासमा गएको पहिरोमा परी कम्तीमा २५ घरमा क्षति पुगेको छ ।
भीरखर्कबाट सुरु भएको पहिरोले नागपुगेको बस्ती नै छोपेकाले यति नै घरमा क्षति पुगेको भनेर भन्न कठिन रहेको उनले जानकारी दिए । “बिहानीपख पहिरो गएको हो । भीरखर्क ठाउँ छै जोखिममै थियो ।
ठाडो भिरालो जमिन भएकाले पहिरोको सम्भावना नै थियो । तर, नागपुगेचाहिँ समथर ठाउँमै पर्छ । डेढ किलोमिटर लामो पहिरो गएको छ । अहिलेसम्म ४ जनाका शव फेला परेको छ,” उनले हामीसंग भने ।