वडा अध्यक्ष पौड्याल र गुभाजुको तलबभत्ता सामाजिक सुरक्षामा

रातोपाटीन्यूज, सिन्धुपाल्चोक । २०७९ बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा विजयी भएका सिन्धुपाल्चोकका जनप्रतिनिधिले राज्यबाट पाउने तलब भत्ता सामाजिक क्षेत्रमा खर्चिने बताएका छन् ।

२०७४ सालको पहिलो स्थानीय तहमा निर्वाचित आधा दर्जन जनप्रतिनिधिले पनि तलब भत्ता शिक्षा स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा खर्चिएका थिए ।

बाह्रबिसे नगरपालिका–८ का वडा अध्यक्ष बिमल पौड्यालले राज्यबाट आफूले पाउने तलब भत्ता उक्त वडाको शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा खर्चिने जानकारी दिनु भएको छ । गरीव, जेहेन्दार, मेधावी बिद्यार्थीलाई छात्रवृतिका रुपमा तलब भत्ता खर्चेर शैक्षिक गुणास्तरीयता र प्रभावकारिता बढाउने वडा अध्यक्ष पौड्यालले बताउनु भएको छ ।

सामाजिक ब्यक्तित्व समेत रहनु भएका पौड्यालले नेपाली कांग्रेसमा आबद्ध भई लामो समय सामाजिक काममा क्रियाशिल रहदैं आउनु भएको थियो । वडा अध्यक्षले पाउने पाँच बर्षको पारिश्रमिक गाउँ र जनताका सेवामा लगाउने उहाँले उद्घोष गर्नु भएको छ ।

यस्तै त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजु (बिजय)ले पनि राज्यबाट पाउने पहिलो बर्षको तलबभत्ता पिस्करको जेष्ठ नागरिक, दोस्रो बर्ष थामी बालबालिकाको शिक्षणमा, तेस्रो बर्ष अपांग, असक्त, चौथो बर्ष शिक्षा, स्वास्थ्य र पाचौं बर्षमा वडाका बिकास निमार्णमा खर्चिने बताउनु भएको छ । उहाँ दुबै जना नेपाली कांग्रेसबाट बिजयी वडा अध्यक्ष हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button