सिन्धुपाल्चोक पहिरो : ११ जनाको शव फेला, २० जना अझै बेपत्ता (सूचीसहित)

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ धुम्थाङमा पहिरो जाँदा पुरिएकामध्ये ११ जनाको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवराज न्यौपानेका अनुसार पहिरोमा पुरिएकामध्ये ११ जनाको शव फेला परेको हो ।

आइतबार दिउँसोसम्म फेला परेका ११ जनाकै सनाखत भइसकेको इन्सपेक्टर न्यौपानेले जानकारी दिए ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा नागपूजे गाउँकी ६३ वर्षीय भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा र ४२ वर्षीय ज्ञानीमाया प्रधान छन् ।

यस्तै, भिरखर्क विक टोलकी २३ वर्षीय जुनु विक, २४ वर्षीय सुकुलाल विक, ८ वर्षीय सन्देश विक छन् ।

नेवार टोलकी ६९ वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीय हिरामाया श्रेष्ठ छन् । अन्य २ जनामा उमेर नखुलेका ज्ञानीमाया प्रधान र ल्याङ्सी शेर्पा छन् ।

११ जनाको शव फेला परेपनि अझै २० जना बेपत्ता रहेका इन्सपेक्टर न्यौपानेले जानकारी दिए ।

अझै सबहादुर नेवार, दिलमाया श्रेष्ठ, रीता श्रेष्ठ, कोनियल श्रेष्ठ, नादान श्रेष्ठ, अमृत श्रेष्ठ, मनिला श्रेष्ठ, रियासु शिवभक्ति, रामकुमारी श्रेष्ठ, कुमारी श्रेष्ठ, लालवहादुर श्रेष्ठ, बुद्धलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, कुमार विक, सोनिया विक, रुपा विक, सिंहवहादुर विक, कमठमाण्डौ मुलपानी घर भई माईत आएकी रविना श्रेष्ठ, अमृतको घरमा पाहुना आएका एक जना र रविना श्रेष्ठको दुई महिने बालकसहित बीस जना हराईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

अविरल वर्षासँगै शनिबार राति गएको पहिरोमा पुरिएर ३१ जना बेपत्ता भएका थिए । बेपत्ता भएकाहरुको नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका उद्धारकर्मीहरुले खोजी कार्य जारी राखेका छन् ।

पहिरोबाट नागपुजे, विक टोल र नेवार टोलका २२ घरमा क्षति पुगेको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले जानकारी दिइन् ।

पहिरो पश्चात प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले निरीक्षण गरी जिल्लाका पहिरो पीडितलाई स्थानान्तरणको तयारी गर्दागर्दै अकल्पनीय घटना भएको बताए ।

बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र प्रदेश सांसद सरेश नेपालले विस्थापितको वसाई ब्यवस्थापनमा आफूहरु लागिपरेको बताएका छन् ।

बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका दुई सय ४७ वस्तीका ११ हजार घर जोखिममा रहेको स्थानीय सरकारको तथ्याङ्क छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button