युएन मिसनमा जान लागेका सैनिकमा कोरोना देखिएपछि उडान स्थगित

संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा भोलि लिविया जान तयार भएका नेपाली सैनिक रोकिएका छन्।

केही सैनिकमा कोरोना संक्रमण पुष्टि भएपछि उडान स्थगित भएको छ।

नेपाली सेनाका केही जवानहरुमा संक्रमण पुष्टि भएपछि सोमबार हुने भनिएको फ्लाइट स्थगित गरिएको सैनिक मुख्यालयले जनाएको छ।

मिशनमा तैनाथ फौजलाई बदलि गर्न अर्को टोली लिविया प्रस्थान गर्न लागेको थियो।

काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम सकेर क्वारेन्टिनमा रहेका फौजको कोरोना परीक्षण गरिएको थियो। उडानपूर्व गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।

कोरोना पोजिटिभ देखिएका सैनिकको सम्पर्कमा रहेकाहरुलाई कन्ट्र्याक्ट ट्रेसिङ गर्ने र सबैको पुनः स्वास्थ्य परीक्षण गरेपछि रोटेसन उडानको मिति तय हुने नेपाली सेनाले जनाएको छ ।

लिबियामा २२८ जना फौज र एकजना सैनिक पर्यवेक्षक गरी २२९ जना नेपाली सैनिक कार्यरत छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button