स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित बनेको ओम्नी समूह कालो सूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई १ वर्षका लागि कालो सूचीमा राखेको हो ।
ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना भाइरसको रोकथाम तथा संक्रमितको उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद गर्ने ठेक्का पाएको थियो ।
तोकिएको समयमा स्वास्थ्य सामग्रीको आपूर्ति नगरेको भन्दै विभागले गत चैतमा ओम्नीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।
विभागले ठेक्का सम्झौता रद्द गर्दै ओम्नीलाई कालो सूचीमा राख्न सिफारिस गरेको थियो ।
