पाँच बजे मन्त्रीपरिषद बैठक : वामदेव देखी कूलमान सम्मको निर्णय हुन सक्ने

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रीपरिषद बैठक बोलाएका छन । आज बस्ने बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागी राष्ट्रपति समक्ष सिफारिस गर्ने प्रस्ताव समेत पेश हुन सक्ने स्रोतले बताएको छ । बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको विषय टुङ्गाउने बताइएको छ ।

हिजो देखि प्राधिकरण प्रमुख घिसिङको चारवर्षे समाप्त भएको थियो । प्राधिकरणमा घिसिङले नै निरन्तरता पाउने बलियो सम्भावना छ । आजकै बैठकले सरकारको प्रवक्ता तोक्ने छ । संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडा पदमुक्त भएपछि सरकारको प्रवक्ता खाली छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button