असोज ५ बाट लामो दुरीको यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय

काठमाडौं । सरकारले लामो दुरीको यातयात र आन्तरिक हवाई उडान असोज ५ बाट खुला गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको हो।

यसअघि यातयात व्यवसायीहरुले असोज १ गतेबाट निषेधाज्ञा तोडेरै भएपनि लामो दुरीका यातयात सञ्चालन गर्ने घोषणा गरेका थिए।

व्यवसायीको दबावपछि सरकार लामो दुरीको यातयात खोल्ने निर्णयमा पुगेको हो।

मन्त्रिपरिषद्को सोमबारकै बैठकले नेकपा नेता वामदेव गौतमको नाम राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button