एकता नसकिँदै फुट्यो सामाजिक एकता पार्टी

निरोज तोलाङे, ललितपुर । २०७९ वैशाख ३ मा चरी बहादुर गहतराज नेतृत्वको सामाजिक एकता पार्टी र विपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपालबीच भएको एकीकरण ४ महिना पनि टिक्न सकेन ।

अन्ततः पार्टी एकता प्रक्रिया नै नटुंगिँदै पार्टीको आन्तरिक विवादमा फसेको सामाजिक एकता पार्टी र जनजागरण पार्टी नेपाल मंगलबारदेखि दुई टुक्रामा विभाजित भएको छ ।

अध्यक्ष गहतराजले पार्टी एकिकरण प्रक्रियामा सहमति गरिएका सबै शर्तहरू उलंघन गर्दै कपटपूर्ण तबरले एकलौटी निषेधको अवैधानिक गतिविधि अघि बढाएको भन्दै पार्टी एकिकरण हुँदाका महासचिव विपी खनालले तत्काल पार्टी एकताको सम्भावना टरेको घोषणा गरेसँगै सो पार्टी विभाजन भएको हो ।

विभाजनसँगै एउटा पार्टीको नेतृत्व चरी बहादुर गहतराजले लिएका छन् भने अर्का पार्टीको नेतृत्व विपी खनालले लिएका छन् । खनाल नेतृत्वको समुहले ७ बुँदै आरोपपत्र जारी गर्दै दल एकिकरण प्रयास असफल भएको जनाएको छ ।

एकताको मर्मविपरीत अध्यक्ष गहतराजले निषेधको फोहोरी राजनीति गर्दै अवैधानिक कार्य गरेकोले पार्टी एकिकरणको प्रक्रियाबाट आफूहरु बाहिरिएको खनालले बताए ।

‘अध्यक्षज्यूले विधान विपरित एकलौटी निर्णय गरेको र पार्टी अध्यक्ष भएर अवैधानिक कार्य गर्दै हिडेँको अवस्थामा हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु भएन,’ असन्तुष्ट समुहका खनालले भने, ‘पार्टी एकतालाई सुधार गर्नै नसक्ने अवस्था सिर्जना भएपछि हामीले बाध्यतावस आफ्नो विचार तथा आगामि रणनीतिको विषय सार्वजनिक गरेका हौँ ।’

उनका अनुसार पुर्वत अवस्थामा फर्किएको जनजागरण पार्टी नेपालमा असन्तुष्ट पक्षका देशैभरका नेता कार्यकर्ताहरुको समर्थन रहेको खनालले दावी गरेका छन् ।

तत्कालीन जनजागरण पार्टीका सहमहासचिव तथा प्रवक्ता तथा हाल सामाजिक एकता पार्टीका महासचिव विदुर अधिकारीले नैतिक साहस नभएकाहरुले मनगढन्त कुरा गरेर हिँडनु असुहाउँदो भएको बताउनुभएको छ ।

पार्टी भित्र चुलिएको विवादबारे उनले भने, ‘पार्टी कार्यालय तोडफोड गर्दा, कर्मचारीहरूमाथि हातपात धाक धम्कि गरिँदा त्यस्तो कार्यको निन्दामा एक शब्द नबोली मौन धारण गरी बस्ने, बैठकमा उपस्थित हुन नैतिक साहस नपुगी बहाना बनाइ बाहिरलाग्ने, आफैं तलबको व्यवस्था नभए त हप्तामा दुई दिन त्यो पनि साँझ ४ बजेपछि मात्रै पार्टीको काम गर्न कार्यालयमा उपस्थित हुन सकिने भन्दै बार्गेनिङ गर्नेहरूले नै अहिले अरूको बारेमा मनगढन्त कुरा गरिहिँड्नु असुहाउँदो कुरा हो ।’

खनाल नेतृत्वको समुहले जारी गरेको ७ बुँदै आरोपपत्रः

(खनाल नेतृत्वको समुहले जारी गरेको ७ बुँदै आरोपपत्र)

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button