सभामुख सापकोटा र नेपालका लागि पाकिस्तानी राजदुतबीच शिष्टाचार भेट

३० भदौ, काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदुत H.E. Mr. Mazhar Javed बीच आज शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुइदेशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको हो । भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गर्नुभयो ।

उहाँले मानव जातिलाई परेको कोरोना संकट पारगर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिंदै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गर्नुभयो । सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुइदेशका संसदबीचको सहकार्य र थाती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

चार बर्षे कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदुत जाभेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोग्रति आभार प्रकट गर्नुभयो । उहाँले कोरोनाका कारण सात महिना यता दुई देशका संसदबीचको नियमित काम समेत हुन नसकेको चर्चा गर्दै कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास व्यक्त गर्नुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button