नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको प्रहरीले जनाएको छ।

पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने प्रहरीले जनाएको छ । लेदो हटाउन सुरु गरेको २/३ घन्टामा सडक सुचारु हुने प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button