सुरक्षामापदण्ड पालना गर्ने गरी भोलिबाट लामो दूरीका यातायात चल्ने

यी हुन पालना गर्नुपर्ने ५ नियम

काठमाडौं । लामो समयपछि भोलिबाट लामो दूरीका यातयात सञ्चालनमा आउँदैछन्।

सरकारी निर्णयअनुसार व्यवसायीहरु बिहीबारबाट लामो, मध्यम र छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा गर्न तयार भएका छन्।

सरकारले स्वास्थ्य मापदण्ड अपनाएर यातयात खोल्न अनुमति दिएको हो। लामो दूरीमा भाडा ५० प्रतिशत बढीसम्म लिन पाइने छ।

भोलिबाट यातायात सञ्चालन गर्न तयार रहेको भन्दै यातायात व्यवसायीहरुले सुरक्षामापदण्ड पालना गर्न आग्रह गरेका छन्।

बुधबार यातायात व्यवसायी र मजदूरको संयुक्त कार्यदलले एक विज्ञप्ति मार्फत यात्रुले अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड सार्वजनिक गरेको छ।

जारी विज्ञप्तिमा यात्रुलाई यात्रा सुरु गर्नुअघि स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र यात्रुले यात्राभर अनिवार्य मास्क लगाउनुपर्ने उल्लेख छ।

यसैगरी चालक, सहचालक, परिचालक, बुकिङ कर्मचारीलगायत यातायात मजदुरले मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजरलगायत स्वास्थ्य सुरक्षाका उपकरण अनिवार्य रुपमा लगाउन आग्रह गरिएको छ।

६ महिनापछि यातयात सञ्चालनमा आउन लागेका हुन। गत चैत ११ गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन हुन सकेका थिएनन।

सरकारले अनुमति दिएपछि भोलिबाट यातयात सञ्चालनमा आउन लागेका हुन।

सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइने छ।

यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एक जनामात्र यात्रु बस्नु पर्नेछ।

यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button