आज थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित

काठमाडौँ। पछिल्लो २४ घन्टामा थप १५ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको ।
यससँगै नेपालमा संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ९४ नमुना परीक्षण गर्दा १५ सय ३९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज १ हजार ६८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४१ हजार ७ सय ६ जना रहेको छ ।
आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ७९ जना पुगेको छ ।