गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’

काठमाडौँ । गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा ल्याएका छन् ।
गायक लामाले आफ्नो सांगीतिक यात्रा तय गरेको १ दशक पुगेको अवसरमा उक्त गीत
ओेएसआर डिजिटलको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएका हुन् । ‘डाँडापारी’ बोलको गीतबाट गायक लामालाई साङ्गितिक क्षेत्रमा थप चिनाउने मौका मिलेको थियो ।
गायक लामाले गाएको गीतहरुमध्ये ‘डाँडापारी’, आउन माया आउ, मुसुक्क नेमा, हुलाकी दाई, हुक्का, भुल भए माफ गर, मार्फाको स्याउ, हलक्क मैच्याङ, बुट्टे रुमाल, म्हेन्दोमाया गीत ‘टुना युनाले’ लगायत थुप्रै गीत सार्वाधिक चर्चामा छन ।
गीतलाई एच.बी सुनारले रचना र संगीत गरेका हुन् भने शाहस शाक्यले संगीत संयोजन गरेका छन् । गायक रन्जित लामाको स्वर रहेको उक्त गीतमा फिमेल भोकलमा मन्जु उपाशना बिकले साथ दिएकी छिन् । गीतलाई प्रकाश मिश्रले ध्वनी
सम्पादन गरेका हुन भने अकोस्टिक नेपाल स्टुडियोमा उनले गीत रेकर्ड गरेका हुन ।
भिडियोमा गायक लामा पहिलोपटक देखिएका छन् । उनीसँगै मोडल स्मारिका ढकाललाई देख्न सकिन्छ । देवराज गुरुङले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले कलर र सम्पादन गरेका छन् भने प्रेम लामाले छायांकन र निर्देशन गरेका हुन ।