अखिल (क्रान्तिकारी)को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

यमु कँडेल/ बाकेँ, कोहलपुर । विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का बिच रगतको अभाव कम हुन नदिन नेपालगन्ज मेडिकल कलेज कोहलपुर ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउन भएको कारण रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा रगतको अभाव कम हुन नदिन विप्लव नेतृत्वको नेकपा (क्रान्तिकारी)को केन्द्रिय निर्देशनमा भेरी-कर्णाली क्षेत्रिय समन्वय समिति अन्तर्गत जिल्ला समितिको आयोजनामा बिहिवार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै बिप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) बाकेँ जिल्ला अध्यक्ष डिबि शाहीले कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुने अवस्था आउन सक्ने बताएका छन् ।
उनले यस्तो जटिल अवस्थामा संगठनले कसैले पनि रगत अभावका कारण अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यका साथ संगठनले रक्तदान जस्तो पवित्र कार्य गरेकोमा प्रसन्नता व्यक्त गरेका छन् । साथै आगामी दिनहरुमा पनि संगठनले यस्ता विभिन्न खालका सामाजिक सेवामा अघि बढी समाजमा रचनात्मक सेवा प्रदान हुने खालका कामहरु निरन्तर गर्दै जाने बताए ।
कार्यक्रममा नेकपा क्रान्तिकारी बाँके जिल्ला सेक्रेटरी सुनिल सिँह, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज मदन चन्द, बाँके जिल्ला अध्यक्ष डि.बि शाही, जिल्ला उपाध्यक्ष डिल्ली क्षेत्री लगायत करिब ३० जनाले रक्तदान गरेका छन् ।