बाह्रबिसेमा प्रहरीको सुझाव पेटिका

रातोपाटीन्युज । सिन्धुपाल्चोक / इलाका प्रहरी कार्यालय बाह्रबिसेले असोज १ गते बाह्रबिसे नगरपालिकाको कार्यालयमा प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन पेटिका राखेको छ ।

प्रहरीबाट हुने कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन पेटिका राखिएको सो प्रहरी कार्यालयका निरिक्षक नवराज न्यौपानेले बताउनुभयो । सो गुनासो तथा सुझाव पेटिकामा नागरिकले प्रहरीको काम र जिम्मेवारीप्रति गुनासो, टिप्पणी र सुझाव लिखितरुपमा दिन पाउने छन् । प्रहरी कार्यालयमा नै पुगेर प्रहरीले गदै आएको सही वा गलत कार्यका बारे आलोचना गर्न नसक्नेलाई उक्त पेटिकाबाट गुनासो र सुझाव दिन सक्ने छन् ।

प्रहरीको काम कर्तब्यप्रति जस्तो सुकै गुनासो र सुझाव आएमा प्रहरीले दिइने सेवा सुधार गर्न सहयोग मिल्ने सो चौकीका इन्चार्ज समेत रहेका इन्सपेक्टर न्यौपानेले जानकारी दिनुभयो ।

पेटिकामा प्राप्त गुनासा र सुझाव नखोली, नपढी सुरक्षितका साथ जिल्ला प्रहरी कार्यालयले बाग्मती प्रदेश प्रहरी कार्यालयमा पठाउने ब्यबस्था गरेको निरिक्षक न्यौपानेले बताउनुभएको छ । सो कार्यक्रममा बाह्बिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पालाई निरिक्षक न्यौपानेले पेटिकाको चाबी हस्तान्तरण गर्नु भएको छ ।

उजुरीकर्ताले बिवरण गोप्यनीयतालाई ध्यान पुग्ने बताइएको छ । सो कार्यक्रममा जनप्रतिनिधि, सञ्चारकर्मी र भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button