आज जनकपुर आउँदै नेपालको रेल

काठमाडौं । रेलवे विभागले भारतसँग खरिद गरेको रेलको दुई सेट शुक्रवार नेपाल आइपुग्दै छ ।

एउटा इन्जिन र चार वटा बोगीसहितको दुई सेट रेल शुक्रवार अपराह्नसम्म जनकपुर आइपुग्ने रेलवे विभागले जनाएको छ ।

नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो ।

६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दसैँ-तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको हो ।

ट्रायलका लागि शुक्रवार जनकपुर आएर फर्किने रेल एक महिनाभित्रै नियमित सेवा दिन थाल्ने रेलवेका अधिकारीहरूले बताएका छन् ।

आज नेपाल भित्रिने रेल हाल जयनगर–जनकपुर र कुर्था रुटमै सञ्चालन हुनेछ । रेल सञ्चालनका लागि रेलवे विभागले प्राविधिकसहित १ सय २९ जना कर्मचारी भर्नाका लागि रेलवेले सूचना प्रकाशन गरी सकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button