भीम रावलले टिकट नपाएपछि अछाममा विद्रोह, ३८ नेताले दिए राजीनामा

काठमाडौं । भीम रावलले टिकट नपाएपछि नेकपा एमालेको अछाम जिल्ला कमिटीमा विद्रोह भएको छ।

जिल्ला र प्रदेश कमिटिबाट भीम रावलको नाम एकलरुपमा सिफारिस भएपनि अध्यक्ष केपी शर्मा अ‍ोलीको निर्देशनमा माओवादीबाट एमाले आएका झपट बोहोराले टिकट पाएपछि एमालेका ३८ जिल्ला नेताले सामूहिक राजीनामा दिएका छन्।

प्रतिनिधि सभा निर्वाचनमा भीम रावललाई अछाम-१ का एकल उम्मेदवार सिफारिस गरिए पनि पार्टी केन्द्रले टिकट वितरण गर्दा बेवास्ता गरिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन। राजीनामा दिनेमा ३० जिल्ला कमिटी सदस्य छन्। त्यस्तै, बाँकी सल्लाहकार छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button