बागलुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी

काठमाडौँ । बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन् ।
पौडेलले २४ हजार ७७९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु चालिसेले २० हजार १८० मत ल्याएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भने २ हजार ३ सय २५ मत ल्याएका छन् ।