आज थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज थप १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार २०४ जनामा कोरोनाको संक्रमण देखिएको हो।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६२ हजार ७९७ पुगेको छ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ४५ हजार २६२ पुगेको छ।

पछिल्लो २४ घन्टामा १४४७ जना डिस्चार्ज भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button