आफ्नो क्षेत्रमा पुनः मतदान गर्न झलनाथ खनालको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुनः मतदान गर्न माग गरेका छन्।
उनले धाँधली भएको भन्दै इलाम १ मा पुनः मतदानको माग गरेका छन्। यसबारेमा निर्वाचन आयोगलाई समेत जानकारी दिएको र पत्रकार सम्मेलन गरेर आफू मतगणनामा सहभागी नहुने जानकारी दिने उनले बताए।
खनालले मतगणनाको सुरुदेखि नै गडबड भएको उनले बताए। खनाल एमालेका महेश बस्नेतसँग करिब ३ हजार मतले पछि परेका छन्।