समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक, साथीहरू चनाखो रहनुहोस् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक मतगणनामा प्रश्न उठाएका छन् ।

शनिवार साँझ सामाजिक सञ्जालमा लेख्दै ओलीले केही पार्टीको मत वृद्धि अस्वाभाविक भइरहेको बताएका हुन् ।

ओली लेख्छन्, समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ। जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button