सरकारले साढे १६ लाख गरिब परिवारको बिमा गरिदिने

काठमाडौं । सरकारले निरपेक्ष गरिबीको रेखा मुनि रहेका साढे १६ लाख गरिब परिवारको बिमा गरिदिने भएकोछ । बिमाको दायरा बढाउन सरकारले ती परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बताए ।

राष्ट्रिय बिमा संस्थानको ५३ वार्षिकोत्सवमा मन्त्री खतिवडाले चरम गरिबिमा रहेका परिवारको स्वास्थ्य जोखिम कम गर्न सरकारले निःशुल्क बिमा गर्ने घोषणा गरे ।

बिमाको दायरा बढाउन सरकारले यसअघि २५ सयमा वार्षिक १ लाखको स्वास्थ्य बिमा गर्ने योजना कार्यान्वयनमा ल्याएको दाबी उनले गरे । सोहीकारण अहिले बिमाको पहुँच २२ प्रतिशत पुगेको दाबी गरे ।

सकारले बिमा गर्न सक्नेको योगदान बढाउने उद्देश्यले प्रिमियम २५ सयबाट ३५ सय बनाएको र बिमा रकम २ लाख पुर्याएको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button