सुर्खेतमा हुने पत्रकार महासंघको साधरणसभालाई राष्ट्रपतिले उद्घाटन गर्ने

सुर्खेत । नेपाल पत्रकार महासंघको पुस ८ र ९ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने केन्द्रीय साधारण सभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।
महासंघको बिहीबार वीरेन्द्रनगरमा बसेको बैठकले यस्तो जानकारी गराएको हो । साधारण सभाको तयारी गर्नका लागि सचिवालय समेत सञ्चालनमा ल्याएको छ ।
बिहीबार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल सहितको टोली साधारण सभाबारे जानकारी लिनका लागि सुर्खेत पुगेका थिए ।
वीरेन्द्रनगरको सिटी हलमा हुने साधारण सभामा देशभरका ६०० पत्रकार सहभागी हुने बताइएको छ । यस्तै पत्रकार महासंघ सुर्खेतले पनि साधारण सभाको आवश्यक तयारी गरिरहेको सुर्खेत शाखाका सचिव ललित बुढाले जानकारी दिए ।