नेकपा सचिवालय बैठक आज पेरिस डाँडामा बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बिहान ११ बजे सचिवालय बैठक बस्ने लागेको हो ।
स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान सचिवालय बैठक बस्न लागेको जनाइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्न लागेको हो ।