ओली पेरिसडाँडा पुगेसँगै सुरु भयो सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो।

११ बजेका लागि तय भएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली केही ढिला पेरिसडाँडा पुगेकापछि बैठक सुरु भएको हो ।

बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषयमा छलफल हुने भएको छ। बैठकमा स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन गराउने विषयमा छलफल हुने बताइएको छ।

स्थायी कमिटी बैठकले १ महिनाभित्र पार्टी एकताका काम सम्पन्न गर्ने निर्णय गरेको थियो। त्यस्तै नेकपाका विभाग र प्रतिष्ठानबारे अध्ययन गर्न सचिवालयले नै कार्यदल गठन गर्ने भनिएको छ।

मन्त्रिपरिषदको पुनर्गठनका विषयमा पनि आजको बैठकमा छलफल हुनसक्ने स्रोतले बतायो। यसअघि स्थायी कमिटी बैठकले आवश्यकताका आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद पुनर्गठन गर्दा कुन मापदण्डका आधारमा गर्ने भनेर सचिवालयमा छलफल हुने बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button