नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

काठमाडौं । सत्तारुढ दल नेकपाको आज बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ।

पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका बारेमा नीतिगत छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

मन्त्रिपरिषद पुनर्गठनबारेमा आजको सचिवालय बैठकमा छलफल भएपनि नामबारे छलफल नभएको र आवश्यकता परेमा नामबारे पनि प्रधानमन्त्रीसँग पछि छलफल गर्न सकिने प्रवक्ता श्रेष्ठले बताए।

बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तिको एजेन्डा पनि छलफलका लागि पेश भएका छन् सोमबार फेरि बैठक बस्नेगरि आजको बैठक सम्पन्न भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button