नियमविपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहकाे निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले पदमा बहाल रहेका तथा पूर्वकर्मचारी तथा सुरक्षाकर्मीले नियमविपरीत राखेका व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । मंगलबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो ।
‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’ को व्यवस्थाविपरीत सेवा सुविधा लिएका र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेका हरुको त्यस्तो सुविधा फिर्ता गर्न निर्देशन दिएको हो ।