नेकपा सचिबालय बैठक सकियो, संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई नेकपाको आग्रह

काठमाडौं । सत्तारुढ दल नेकपाले संवैधानिक आयोगहरुमा पदपूर्ती गर्न सरकारलाई आग्रह गरेको छ । बैठकले संवैधानिक परिषद्को बैठक राख्न पहल गर्न सरकारलाई अनुरोध गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकपछि प्रवक्ता नारायण काजी श्रेष्ठले भने,‘संवैधानिक परिषद्को बैठक राखेर पदपूर्तीको पहल गर्न अनुरोध गरेको छ । बैठकलाई सुचारु गर्न र पदपूर्ती गर्ने प्रकृयामा अघि बढ्न बैठकले सबैलाई अनुरोध गरेको छ ।’

बैठकले सांगठनिक सुद्धीकरणका बाँकी कामलाई पूरा गर्न १० दिन भित्रमा ठोस प्रस्ताव पेस गर्ने जिम्मेवारी दुई अध्यक्ष र महासचिवलाई दिएको उनले जानकारी दिए । उक्त प्रस्ताव आगामी सचिबालय बैठकमा प्रस्तुत गर्ने र छलफल पछि टुंगोमा पुग्ने निर्णय बैठकले गरेको छ।

विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयलाई दुई तीनदिन भित्र अर्को बैठक बसेर निष्कर्ष निकाल्ने निर्णय भएको उनले जानकारी दिए ।

बैठकले पार्टी एकता , समझदारी र विश्वासलाई सुदृण बनाउनका साथै पार्टी र सरकारको सम्बन्धलाई मजवुद बनाउने सफल भएको विश्वास लिइएको प्रवक्ता श्रेष्ठले बताए ।

नेकपा सचिबालय बैठक सकियो, के गर्‍यो निर्णय ?

नेकपाको सचिवालय बैठक सकिएको छ । मन्त्रिमण्डल पुनर्गठनको एजेण्डामा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक सकिएको हो ।

सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्नका लागि मापदण्ड तय गरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप निर्णय गर्ने अधिकार दिने निर्णय गरेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button