खतिवडाले सम्हाले सञ्चार मन्त्रालय

काठमाडौं । युवराज खतिवडाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सरकारको सिफारिसमा सञ्चारमन्त्री नियुक्त गरेकी थिइन् ।
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएपछि सो पद रिक्त थियो । बुधबार राती सेक्युरिटी प्रेस खरिदमा बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो टेप बाहिरिएको थियो ।