कोरोना अपडेट : विश्वभर ३ करोड ११ लाख बढी संक्रमित, ९ लाख ७२ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण विश्वमा ३ करोड ११ लाख ७४ हजार ६ सय २७ जना संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार बुधवार विहानसम्म कोरोनाका कारण ९ लाख ७२ हजार ६ सय १३ जनाको मृत्यु भएको छ ।

कोरोना निको हुनेको संख्या २ करोड ३३ लाख ८६ हजार रहेको छ ।

विश्वस्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित मुलुक अमेरिका रहेको छ । जहाँ ६७ लाख ४० हजार जना संक्रमित बनेका छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा ३६ हजार ७ सय ६६ जनामा संक्रमण देखिएको छ भने २६९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ९८ हजार ३सय ६३ जनाको मृत्यु भएको छ ।

त्यसपछि दोस्रो स्थानमा भारत रहेको छ । भारतमा अहिले सम्म ५५ लाख ६२ हजार ६ सय भन्दा धेरै संक्रमित भइसकेका छन् ।

पछिल्लो २४ घन्टामा मात्र भारतमा ७५ हजार ८३ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा भारतमा १ हजार ५३ जनाको ज्यान गएको छ । अहिलेसम् ८८ हजार ९ सय ३५ जनाको ज्यान गइसकेको छ ।

कोरोना भाइरस संक्रमितको संख्याका हिसाबमा ब्राजिल तेस्रो नम्बरमा रहेको छ । ब्राजिलमा ४५ लाख ४४ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् ।

पछिल्लो २४ घन्टामा १६ हजार तीन यस जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण ब्राजिलमा १ लाख ३६ हजार ८ सय जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा ३ सय ३६ जनाको ज्यान गएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button