एनआईसी एशियाका ग्राहकलाई सोनी ब्राभिया टीभीमा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले सोनि ब्राभिया टेलिभिजन किन्न विशेष छुट पाउने भएका छन् । बैंक र नेपा हिमा ट्रेड लिंकबीच सोनीका आउटलेट तथा केही आधिकारिक विक्रेताबाट सोनी ब्राभियाका पाँचवटा मोडल खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कम्पनीका कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे । उपभोक्ताले सोनी ब्राभियाको ६५ एक्स ८००० जी, ६५ एक्स ९५०० जी, ५५ए८जी, ५५ए८एफ र ५५ए१ टीभीमा छुट पाउने भएका हुन् ।
सम्झौताअनुसार बैंकका ग्राहकले डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा, बैंकको आफ्नै पीओएस र क्यूआर कोड प्रयोग गरि टीभी किन्दा १० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाउनेछन् । योजना फागुन २९ गतेसम्म लागू हुनेछ ।