विश्वमा एकैदिन तीन लाख १३ हजार बढीमा संक्रमण, ६ हजार २ सय ६४ जनाको मृत्यु

काठमाडौं । विश्वमा दैनिक करिब तीन लाख मानिसहरुमा संक्रमण देखिन थालेको छ । यसरी वल्डेमिटर्सको तथ्यांक अनुसार बुधबार मात्र विश्वमा तीन लाख १३ हजार २ सय ४ जना नयाँ संक्रमित थपिएका छन् ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड २० लाख ८३ हजार २ सय ७५ पुगेको छ । त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ६ हजार २ सय ६४ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८१ हजार २ सय १९ पुगेको छ । त्यसैगरी दुई करोड २६ लाख ५९ हजार २१ जना संक्रमित उपचारपछि निको भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button