बलिउड अभिनेता आयुष्मान खुराना परे सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा

काठमाडाैं । सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना पर्न सफल भएका छन् ।

टाइम्स म्यागेजिनको वर्ष २०२० को १०० प्रभावशाली व्यक्तिका रुपमा उनी पर्न सफल भएका हुन् । यो वर्ष टाइम्स म्यागेजिनमा पर्ने उनी एक मात्रै अभिनेता हुन्। उनले यो खबरबारे आफ्नो इन्स्टाग्राममा पुष्टि गरेका हुन् ।

‘टाइमको विश्‍वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भएकोमा गर्व महसुस भइरहेको छ’ उनले भनेका छन् । खुराना प्रभावशाली व्यक्तिमा सूचीकृत भएपछि नायिका दीपिका पादुकोणले खुशी व्यक्त गरेकी छिन्।

‘मैले खुरानालाई उनको पहिलो फिल्म विक्की डोनरबाट चिनेकी हुँ । उनी त्यसअघि पनि अलग अलग तरिकाले बलिउडको हिस्सा बनेका छन् । उनले निभाएका चरित्र सुन्दर यादगार रहेका छन्’, उनले लेखेकी छिन् ।

अधिकांश पुरुष कलाकार तागतवाला भूमिकामा फसिरहँदा खुरानाले यस्ता भूमिकालाई तोड्दै कयौं चुनौतीले भरिएका चरित्र निभाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button