बाल विवाह के हो ? किन रोक्ने ?

देशको संविधानले बाल विवाह गर्न निषेध गरिएको उमेर वा शारीरिक, मानसिक बैचारिक रूपले कमजोर र अपरिपक्व उमेरमा विवाह गर्नु नै बालबिबाह हो । बालविवाह गर्ने विश्वका केही देशहरु मध्ये नेपाल भनी एक राष्ट्र हो जहाँ दक्षिण एसियाली मुलुकहरुका प्रमुख देशहरुमा बङ्गलादेश र भारत पछि तेस्रो देशमा नेपाल पर्छ । बाल विवाहलाई अन्त्य गर्न विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु लागिपरेका छन् नेपाल सरकारले सन् २०३० सम्ममा बालबिबाह अन्त्य गर्नका लागि नीति बनाई कार्यान्वयनमा पनि ल्याएको पाइन्छ ।
बाल विवाह कहाँ कहाँ गरिन्छ त ?
विशेषगरी तराई र मधेशका जिल्लाहरुमा बालबिबाह बढी हुने गरेको पाइन्छ त्यस्तैगरी पश्चिमका पहाडी जिल्लाहरु बझाङ ,बाजुरा, डोटी, अछाम र मध्यपश्चिमका केहि जिल्लाहरुमा समेत बालविवाह हुने गरेको पाइन्छ ।
बालबिवाह किन गरिन्छ त ?
- कम उमेरमा छोरीको बिहे गरिदिँदा पुण्य हुन्छ भन्ने गलत विश्वासले।
- अभिभावकमा शिक्षा र जनचेतनाको कमीका कारणले ।
- गरिबीका कारणले परिवारमा कामदारहरूको संख्या बढाउने इच्छाले गर्दा ।
बाल विवाह पछि हुने समस्याहरू के-के हुन त ?
- स्वास्थ्य शिक्षाको अधिकारबाट वञ्चित हुने।
- कामको बोझ।
- यौनाङ्गमा हानि हुने ।
- उमेर नपुगि गर्भधारण गर्दा आमा र शिशुको मृत्यु हुने सम्भावना हुन्छ ।
- रोगको सिकार हुने, बढी सन्तान जन्माउने र झन् गरिबीको दलदलमा फस्ने हुन्छ ।
- अन्जानमा विवाह भएका कारण भावना विचार नमिली बिवाह भएकोले झगडा, डिभोर्स वा आत्महत्याका घटनाहरु वृद्धि हुने हुन्छ ।
- जान्नेबुझ्ने भइसकेपछि बहुविवाह गर्ने ।
- यसरी बालबालिका अशिक्षित भएपछि परिवार गरिब र देश नै गरिब बन्न पुग्छ ।
नेपालको बाल विवाह सम्बन्धी ऐन कानुन नेपालको संविधानको धारा ३९ को उपधारा ५ ले कुनै पनि बालबालिकाको हक स्थापित गरेको छ । नेपालको कानुन व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैका लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । २० वर्षभन्दा कम उमेरमा गरिने विवाह कानूनतः दण्डनीय हुन्छ साथै यस्तो विवाह गरेमा गैरकानुनी हुने भएकोले बदर हुने र कसुर गर्ने व्यक्तिलाई एक वर्ष कैद र दश हजार जरिवाना हुन सक्ने भनिएको छ।
निराकरणका उपायहरु:
- बालविवाह सामाजिक जातीय र परम्परागत कुरीति भयकोले जनचेतना प्रदान गर्नुपर्यो ।
- अभिभावकलाई योन तथा प्रजनन शिक्षा सम्बन्धी तालिम दिने ।
- बालबालिकाहरुलाई सानै उमेरदेखि बाल विवाह गर्नुहुन्न भन्ने मानसिकता हालिदिने ।
- बालबालिकालाई अव्यबस्थित फोनकल अश्लिल भिडियो हेर्नु र गर्नबाट बचाउने ।
- यसैगरी विशेषगरी हिन्दू धर्ममा कन्याको विवाह महिनावारी हुन अगाडी गरिदिएमा स्वर्ग जान पाइने अन्धविश्वासलाई हटाउन तालिम दिएर, घरदैलो कार्यक्रम गरेर पनि गर्न सक्छौं । त्यसैगरी बालबालिकालाई पाँच कक्षादेखि दश कक्षासम्म यौन तथा प्रजनन सम्बन्धी पाठ्यक्रम गरी पढाउनुपर्ने ।
- बाल विवाह गर्ने गराउनेलाई सामाजिक बहिस्कार गर्नुपर्ने । राज्यले कानुनमा भएका व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने।
- समग्रमा बाल विवाह एक सामाजिक अपराध हो
जुन विवाह गर्दा गराई दिदा उनीहरूको स्वास्थ्य मानसिक अबस्था शैक्षिक अवस्था धरापमा पर्छ भने र जीवन र अन्धकार बन्छ भने के प्राप्तिको लागि यो कर्म गर्ने ?
विवाह एक असल कार्य हो तर समय नपुगी गर्दा यसले ज्यानै समेत लिनसक्छ यदि तपाईं असल आमा बुवा असल अभिभावक बन्न चाहनुहुन्छ भने उमेर नपुगुन्जेल विवाह नगरिदिनुस बरु असल शिक्षा र वातावरण दिनुस अनि मात्र बालबालिकाे जिबन भविष्यमा असल र उज्ज्वल र ठूला असल कामहरु गर्न सक्छन् । देशको अभिभारा बोकेर ठुलो गौरबमय कामहरु गर्न सक्छन् ।
म पनि एउटा बालविवाह सम्बन्धी भोलेन्टियर को रुप मा काम गर्दै आएका छु र हाम्रो समाजमा बालविवाह सम्बन्धी घटना हरु लाई सुल्झाउ प्रयास गर्दै छु। मलाई सपोर्ट को जरुरी पनि छ।