तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलन राष्ट्र बैंकले गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलन गर्ने भएको छ । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागको आयोजनामा हुने सम्मेलनको तयारी अन्तिम चरणमा रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले जानकारी दिए ।
डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, गभर्नर कार्यालयको कार्यकारी निर्देशक डा. नेफिल मास्के र अनुसन्धान विभागका निर्देशक डा. रामशरण खरेल रहेको आयोजक समितिले तयारीलाई तिव्र पारेको छ ।
सम्मेलन अगामी शुक्रबार र शनिबार काठमाडौंमा हुनेछ । कारोना भाइरसको त्रासले गर्दा कार्यक्रममा सहभागी हुने अन्तर्राष्ट्रिय प्रतिनिधि टुङ्गो लाग्नै बाँकी रहेको र राष्ट्र बैंक त्यसैमा लागेको डा. भट्ट बताउँछन् ।
आइतबारसम्म विभिन्न १२ मुलुकका ७२ जना सहभागीहरू हुने निश्चित भइसेकेको र यो संख्या अझै बढ्ने उनको भनाइ छ । एकेडेमिक लेखनमा लागेका व्यक्तिहरूको विचार आदानप्रदान गर्ने जसले गर्दा पोलीसी निमार्णमा सहज हुने उनले बताए ।
विशेष गरेर आर्थिक तथा वित्तीय क्षेत्रको प्राज्ञिक अनुसन्धानलाई सहयोग गर्ने डा. भट्ट बताउँछन् । साथमा नीतिगत छलफल र विभिन्न आर्थिक कार्यपत्र प्रस्तुत समेत हुने उनले बताए ।