स्याङ्जा पहिरो अपडेट : एकै घरका ९ सहित १० जनाको मृत्यु

स्याङ्जा। वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ ।

बिहिबार बर्षासगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका नौ जनाको मृत्यु भएको हो भने पहिरोले पुरिएर घाइते एक जनाको उद्धार गरिएको हो ।

पहिरोले पुरिएर २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दिपक नेपाली, ६० वर्षीया सोनी नेपाली, नौ वर्षीय बिबश नेपाली, १९ वर्षीया विनिदा नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १४ वर्षीय बिक्रम नेपाली र छ महिनाको नाम नखुलेको बालकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानाकारी दिए ।

घरका सबैको मृत्यु हुदाँ १६ बर्षिय मनिषा नेपालीलाई जिवितै उद्धार गरिएको हो । घाइते मनिषाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको बताउदै अधिकारीले घाइतेको अवस्था गम्भिर रहेको जानकारी दिए ।

मृत्यु भएकी उमाकला दिदी मायाँको घरमा पाहुना बस्न आउदाँ पहिरोले पुरेको हो । बेलुका खाना आएर सगै सुतेका नेपाली परिवारको एक छोरी बाहेक सबैको एकै ठाउँमा मृत्यु भएको हो ।

यस्तै अविरल वर्षासगै आएको पहिरोले कालीगण्डकी गाउँपालिका ४ बिर्घा गौतमटोलमा १७ बर्षिय विष्णु परियार निधन भएको अधिकारीले बताए । घरमा सुतिरहेको अवस्थामा घर माथिबाट खसेको पहिरोले परियारलाई पुरेको हो भने घरका अन्यको अवस्था भने सामान्य रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button