नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं । नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ५७ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।