नेप्सेमा १६ अंकको गिरावट, घट्यो कारोबार रकम

काठमाडौँ । सेयर बजारमा मंगलबार गिरावट आएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक १६.४० अंक घटेर २१०५.४६ विन्दुमा आइपुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स २.७४ अंक घटेको छ ।
यस दिन २५५ स्टकको ३६ हजार ८८० पटकको कारोबारमा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको ४६ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।
१३ उपसमूह्मध्ये यस दिन उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।