नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, थप १३१३ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १२ हजार २ सय ६२ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

थप १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४ सय ५५ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।

हाल देशभर १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । डा गौतमका अनुसार सक्रिय संक्रमितमध्ये १० हजार ५२ जना घरमै होम आइसोलेसनमा बसेका छन् ।

सक्रिय संक्रमितमध्ये ८ हजार २ सय ३७ जना संस्थागत आइसोलेसनमा रहेका जनाइको छ । सक्रिय संक्रमितमध्ये सातै प्रदेशमा गरी २ सय २७ जना आईसीयूमा छन् भने ३९ जना भेन्टिलेटरमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button