जसपा नगर कमिटी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

यमु कंडेल, बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कृषि बजार नजिक जनता समाजवादी पार्टीको नगर कमिटीको कार्यालय पूर्व शहरी विकास मन्त्री माननीय मोहम्मद इस्तियाक राईको प्रमुख आतिथ्यमा उद्घाटन भएको छ ।

उक्त कार्यालय उद्घाटनमा जिल्ला समन्वय समिति बाँकेका सभापति, पार्टीका पूर्व केन्द्रीय सदस्य विजय गुप्ताको उपस्थिति रहेकोमा कार्यालयको उद्घाटन कार्यक्रमको शिलसिलामा २५ जनालाई पार्टी प्रवेश गराई कोहलपुर क्षेत्रको नेतृत्व गर्नुपर्ने जिकिर कार्यक्रमका गरेका छन् ।

शुरुवातका दिनहरुमा एक दुई जना भएर अगाडि बढेको स्मरण गराउँदै हालसम्ममा साठी ७० जनाको संगठित समूह बनेको जानकारी पनि गराएका छन् ।

कोहलपुरमा मात्र सीमित नरहेर सिङ्गो देशकै नेतृत्व गर्ने र संगठन विस्तार गर्ने अठोट व्यक्त गरेका छन् । नेपालको वैकल्पिक महाशक्तिको रुपमा जनता समाजवादी पार्टी बन्दै गरेको भन्दै धर्म, जात जाति, र भेषभूषाको सम्मान गर्ने, सबैलाई सम्मान र सदभाव कायम गर्ने पनि प्रतिवद्धता जाहेर गरेका छन् ।

उक्त कार्यक्रममा जसपाकै जिल्ला अध्यक्ष कमरुद्दीन राईले १५ वटै वडाका कमिटीहरु विस्तार गरेर संगठनको काम र संरक्षण गर्न एकसाथ रहनु पर्ने जनाएका छन् ।

नेपालगञ्जमा एक दुई जनाबाट शुरु भएको संगठन हालसम्ममा साठी ७० जनाको संख्यामा वृद्धि भइरहेको र आगामी दिनहरुमा संख्यामा वृद्धि हुने समेत औल्याएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button