विश्वभर काेराेना संक्रमितको संख्या तीन करोड ३० लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ३० लाख नाघेको वल्डोमिटर्सले जनाएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ३० लाख ४० हजार ७ सय ५ पुगेको छ । त्यस्तै विश्वमका कोरोना संक्रमणबाट ९ लाख ९८ हजार १ सय ७१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी विश्वमा दुई करोड ४३ लाख ९४ हजार ४ सय ८३ जना संक्रमित उपचारपछि निको भएका छन् । शनिबार सबैभन्दा धैरै संक्रमित भारतमा थपिएका छन् । जहाँ एकैदिन ८८ हजार ९ सय ४२ जनामा संक्रमण देखिएको छ भने ११ सय २३ जनाको ज्यान गुमाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button