लकडाउन र निषेधाज्ञाको बिकल्प खोज सरकार

देशमा अभिभावकको भूमिका निर्वाह गर्ने काम कर्तव्य सरकार हो भन्ने थाहा आमसर्वसाधारणलाई सर्वविदितै छ । आमजनतालाई भैपरी आउने प्राकृतिक विपत्ति होस् वा मानव सिर्जित समस्याहरु आमसर्वसाधारणले समाधान गर्न नसकेकोखण्डमा राज्यको जिम्मेवार निकायबाट समस्याको हल निकाल्नु जरुरी हुन्छ ।
आम जनतालाई राज्यको उपस्थिति भएको महशुस हुनु आजको आवश्यकता हो । लकडाउन र निषेधाज्ञाले सर्वसाधारण आफ्नो दैनिक भोजन जुटाउन नसकेर आक्रान्त बनेको पनि सर्वविदित छ । विस्तारित लकडाउन र निषेधाज्ञाले तत्काल समस्याको समाधान भएजस्तो देखिए तापनि कालान्तरमा त्यसबाट सुस्त गतिमा अन्य गम्भीर समस्या पर्न आउने देखिन्छ ।
देश समृद्धि बनाउने भनी कसम खाएर अगाडि बढेका सरकारले जनताको भविष्यलाई भविष्यलाई मध्यनजर राखेर हालको लकडाउन र निषेधाज्ञाको विकल्प खोज सरकार । जनता झरीमा रुझेर आफ्नो भोको पेट भर्न गाँस मुख सम्म पु-याएको दृष्य, त्रासको वातावरणले आत्मा हत्या गर्नेको संख्या बृद्धि हुनु र अझै आर्थिक स्थितिमा आमजनता अकल्पनीय दूरीमा पछाडि धकेलिएको संकेत नजर अन्दाज किन नभएको अहिले सम्म ? बन्दाबन्दी र निषेधाज्ञा भन्दा पनि विकल्प चाहिन्छ । सधैं बन्दाबन्दीको मारमा परेर जनतामा चिन्ता, डर–त्रास र विभिन्न मानसिक समस्या देखा परेको पाइन्छ ।
आत्मा निर्णय गरेर आमजनतालाई सहजरुपमा आफ्नो देनिकी सञ्चालन गर्न देऊ सरकार । विश्वमा कतिपय देशले आफ्नो जनतालाई सचेत गराएर सतर्कता अपनाई आर्थिक र सामाजिक कृयाकलापलाई निरन्तरता दिएको ज्वलन्त उदारहणहरु छन् ।
किन नेपाल सरकारले स्व–निर्णय गरेर जनतालाई स्वतन्त्रपूर्वक घुमफिर गर्ने र आफ्नो अभिव्यक्ति उत्पादन, प्रकाशन, प्रशारण र वितरण गर्न रोक लगाइन्छ ? नेपालमा बिगत छ महिना भन्दा बढी समय देखि विस्तारित बन्दाबन्दी र निषेधाज्ञाले अन्तराष्ट्रिय जगतको स्वार्थ पुरा होला तर नेपाल र नेपाली जनताको दैनिकी तर्फ पनि ध्यान दिने कि सरकार । देश सधैं अनिर्णय, अनिश्चित र अन्योलको भूमरीमा कतिन्जेल टिक्न सक्छ ? जब गतिशील हुन्छ तब आशा हुन्छ । गति चाहिन्छ ।
शिक्षा, स्वास्थ्य, रोजगार लगायत अन्य विभिन्न क्षेत्रमा प्रगति र उन्नति गर्नु वर्तमान आवश्यकता हो । जब गति रोकिन्छ, यी सबको पूर्ण विराम लाग्छ । गतिशील नेपाल चाहिन्छ । गति बन्द गरेर कतिन्जेल बस्ने ? विकल्प देऊ सरकार । लकडाउन र निषेधाज्ञालाई विस्तारित गरेर कोभिड–१९ को संक्रमितको “स” माइक्रोस्कोप लगाएर खोज्ने भन्दा पनि बन्दाबन्दी र निषेधाज्ञाको बिकल्प खोजेर गतिशील नेपाल र आमजनताको दैनिकीलाई सहज र गतिशील बनाऊ ।