खेल हेर्न टियू मैदानमा दर्शकको भिड, ११ हजार टिकट बिक्री

काठमाडौं । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ। बिहान ९:३० बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने अन्तिम खेल हेर्न दर्शकहरु पुगिसकेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आजको खेल हेर्नका लागि ११ हजार टिकट बिक्री भएको छ। जसमध्ये १० हजार टिकट अनलाइनबाटै बिक्री भएको क्यानले जनाएको छ।

खेलमा दर्शकको ठूलो संख्या हुने भएकाले संयमित भएर खेल मैदानमा उपस्थित हुन तथा बालबालिका र वृद्धवृद्धालाई सुरक्षित रूपमा घरमै बसेर प्रत्यक्ष प्रसारण हेर्न क्यानले आग्रह गरेको छ। यो खेल जितेमा नेपाल विश्वकप क्वालिफायर खेल्न छनोट हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button