कोहलपुर नगर बुद्धिचाल संघको भेला सम्पन्न, अध्यक्षमा संगम पोख्रेल निर्वाचित

यमु कडेल, बाँके / कोहलपुर नगर बुद्धिचाल संघको भेलाले संगम पोख्रेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिका स्थित ज्ञानोदय सामुदायिक पुस्तकालय संघको सभाहलमा सम्पन्न भेलाले पोख्रेलको अध्यक्षतामा तदर्थ समितिको भेलाद्वारा पुर्ण रुपमा शनिवार कार्यसमिति गठन गरेको हो ।

नवगठित कार्यसमितिमा शिवध्यज्ञ शाही उपाध्यक्ष, नेभ बहादुर डांगी सचीव, अस्मिता वलि सह-सचिब, र दिनेश गुरुङ कोषाध्यक्ष त्यस्तै सदस्यहरुमा, वीर बहादुर बुढाथोकि, किशोर शाही, यामु कडेल र टेकराज कडेल निर्वाचित हुनुभएको छ ।

संघको २०७५ पुस १५ मा गठन भएको तदर्थ समितिले ६ महिना भित्र प्रथम अधिबेशन, साधारणसभा र भेला सम्पन्न गर्नुपर्नेमा बिविध कारणवश समितिले हालसम्म सो कार्य गर्न असक्षम रहेको संघका निर्वाचित अध्यक्ष पोख्रेलले बताउनुभयो ।

उहाँले तदर्थ समितिले कोहलपुर नगरपालिकाभित्र विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता गरेको र पहिला भन्दा धेरै खेलाडी उत्पादन गरेको हामीलाई जानकारी दिनुभयो । भेलामा बाँके जिल्ला बुद्धिचाल संघका मदन वलि, संघका पुर्वसचिव सुशील सापकोटा, कोहलपुर नगरपालिका बुद्धिचाल संघका उपाध्यक्ष शिवध्यज्ञ शाही लगायतका समाजसेवी, बुद्धिजीवी वर्ग, पत्रकार, भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button