बालुवाटार बैठकमा सिके राउतका तीन माग

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले १० दलीय सत्ता गठबन्धनको बैठकमा तीन माग राखेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तीन माग राखेका हुन्।

उनले मधेश आन्दोलनका शहीदहरूको नाम पनि राजपत्रमा प्रकाशित गर्नुपर्ने उनको माग छ। यसअघि १० वर्षे जनयुद्धका सहिदहरुको नाम समावेश गरेर राजपत्र प्रकाशित गरिएको थियो। यस्तै उनले मलको बढ्ने मूल्यबृद्धि कम गर्न पहल गर्न पनि माग राखेका छन्।

नागरिकता विधेयकमा तत्काल विवाद नहुने प्रावधानहरू मात्रै समेटेर भएपनि संसदमा पेश गर्नुपर्ने माग राखेका हुन्। बैठकपछि उनले सामाजिक सञ्जालमार्फत यी विषय उठाएको जानकारी दिएका हुन्।

‘नागरिकता विधेयकमा तत्काल विवाद नहुने प्रावधानहरू मात्रै राखेर भए पनि अविलम्ब टेबल‌ गरिनु पर्ने र जन्मसिद्धका सन्तानहरूले भोगी राखेको नागरिकता समस्या समाधान गर्नुपर्ने विषय जनमत पार्टीको तर्फबाट उठाएको छु,’ उनले फेसबुकमा लेखेका छन्।

१० दलीय बैठकले आइतबार प्रस्तुत गर्ने ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ मा पनि एकमतका साथ अघि बढ्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन्। विश्वासको मत दिनेमा १० दल एक ठाउँमा छन्।

सत्ता साझेदार गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button